कोरोना संक्रमित बढ्दै, झापामा ९ र सुनसरीमा ३ थपिए

झापा । मुलुकमा कोरोना संक्रमित हुनेको संख्या बढ्ने क्रम रोकिएको छैन । मंगलबार बिहानसम्म झापामा ९ र सुनसरीमा ३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या ४०१ पुगेको छ ।

कोशी अस्पतालका अनुसार झापाको केचनाकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो। सोमबारमात्रै केचनाकवलकै एक जनामा संक्रमण देखिएको थियो। उनकै सम्पर्कमा रहेका अन्य ९ जनामा संक्रमण देखिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । थपिएको संख्यासहित झापामा कोरोनो पोजेटिभको संख्या १२ पुगेको छ भने एक जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै, सुनसरीमा पनि थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमित देखिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको र स्थानीय तहहरुले संक्रमित भेटिउका स्थान सिल गरेका छन् । कोरोना संक्रमित भेटिएको इटहरी उपमहानगरपालिकाले ५ दिन बजार बन्दसहित वडा नम्बर २ र ३ सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…