Logo मंसिर १७, २०७७ बुधबार


होशियार ! निजी स्वास्थ्य संस्थाको कोरोना पासो !!

वृद्ध अवस्था, कोरोनाको महामारी, रातको बेला, बाह्य अक्सिजन निरन्तर दिनुपर्ने, एम्बुलेन्सबिना हिडाउँन नमिल्ने जस्ता विषयले बिरामीलाई अन्यत्र लैजान सम्भव हुने कुरै भएन । जति कष्ट सहेर भएपनि जचाउँने त त्यही नर्भिक डाक्टरलाई हो । कोरोनाको नाममा विशेषज्ञ डाक्टरको सेवा पनि उपलब्ध नहुने, बिरामीको अवस्था गम्भीर हुँदै जानुले स्थिति झनै गम्भीर बनायो । घरको सदस्य नै नर्सिङ ज्ञान भएकाले नियमित ब्लड प्रेसर नाप्ने, ज्वरो नाप्ने त गरिएकै हो । घर नछोडेको, घर छँदासम्म ज्वरो नआएको बिरामीलाई एकाएक कोरोनाको करार गरेर जुन किसिमको प्रताडना भोग्नु पर्यो त्यसको मूल्य भौतिक रुपमा मापन गर्न सम्भव छैन ।

स्वास्थ्य उपचार आधारभूत आवश्यकता हो । हरेक बिरामी वा उसको परिवार आफ्नो क्षमता अनुसारको विश्वसनीय सेवा लिने अपेक्षा गर्दछ । नाम चलेका डाक्टरको सेवा प्राप्त गर्न नचाहेर पनि महंगा अस्पतालमा जाने गर्दछन् । यस आलेखमा निजी स्तरमा सञ्चालित स्वास्थ्य संस्थामा जानुको बाध्यता, केही अनुभव र भोगाईलाई राख्न गइरहेको छु जो अहिलेको कोरोना महामारीमा जान्नु राम्रै होला । यो कुनै लेख होइन, यथार्थमा आधारित घटना हो । घटनाको जानाकारीबाट निजी क्षेत्रका स्वास्थ्य संस्थाले राष्ट्रमा परेको विपत्तिमा समेत सेवाको नाममा कसरी दोहन गर्दछन् भन्ने यथार्थ भोगाई शेयर गर्ने जमर्को गरेको छु ।

प्रसङ्ग थापाथलीस्थित नर्भिक अस्पतालको हो । नाम चलेका छाती रोग विशेषज्ञ डा. चोखानिको सेवा प्राप्त हुने र पायक पनि पर्ने भएकाले मैले ८३ वर्षकी वृद्ध आमालाई विगत केही समयदेखि उक्त अस्पतालमा उपचार गराउँदै आएको छु । उहाँको उपचारले आमालाई राम्रो भएको छ । आमाको उपचारका लागि डाक्टरको सेवा आवश्यक भएकाले मसँग नर्भिक बाहेक विकल्प पनि भएन । मैले यसभन्दा पहिले त्यहाँ कहिले ओपिडीमा र कहिले भर्नानै गरेर उपचार गराउँदै आएको छु । यसमा केही भन्नु पनि छैन । तर काेरोनाको यो महामारीमा आमालाई दमको उपचार गराउने क्रममा नर्भिक अस्पतालमा झेल्न बाध्य बनाइएको घटनालाई मैले कोरोना पासोको नामकरण गरेको छु । यसको बारेमा जानकारी गराउनु एउटा सचेत नागरिकको कर्तव्य सम्झेको छु ।

काेरोना पासो के हो ?
बिमारीको दमको उपचार त नियमित चलिनै रहेको थियो, फलोअपका लागि केही दिन बाँकी थियो । यसबीचमा आमा कोठाभित्रै लडेर खुट्टामा गहिरो चोट लाग्न पुग्यो । बैशाखको दोस्रो साता खुट्टाको उपचार गर्दैगर्दा दम बढेर अस्पताल नगई नहुने परिस्थिति सृजना भयो । पहिलेदेखि उपचार गराइरहेका डाक्टर उपलब्ध हुने कुरा अस्पतालको सोधपुछबाट जानकारी प्राप्त भयो । नर्भिक एम्बुलेन्समा गाए, दिनको करिब १२ बजे एम्बुलेन्सबाट बिरामीलाई अस्पताल पुर्याइयो, म सोझै सम्बन्धित डाक्टरसँग बिमारीको उपचार गराउन चाहन्थेँ ।

बिमारीलाई त्यो पहुँच दिईएन, इमर्जेन्सीमा नानाथरिको चेकअप गरायो, “पहिले डाक्टरलाई भेटौँ उहाँको अनुसार भर्ना गर्ने, चेक गर्ने जे गर्नपर्ने गरौँला” भनेँ । इमर्जेन्सीमा काम गर्ने डाक्टरले कुरै सुन्न चाहेनन् । दिन ढल्की सकेपछि “ज्वरो छ, अहिले सम्बन्धित डाक्टरले हेर्नु हुन्न,आइसोलेशनमा भर्ना गर्नुहोस्, कोरोना टे नेगेटिव आएपछि मात्र हेर्नुहुन्छ” भने ।

वृद्ध अवस्था, कोरोनाको महामारी, रातको बेला, बाह्य अक्सिजन निरन्तर दिनुपर्ने, एम्बुलेन्सबिना हिडाउँन नमिल्ने जस्ता विषयले बिरामीलाई अन्यत्र लैजान सम्भव हुने कुरै भएन । जति कष्ट सहेर भएपनि जचाउँने त त्यही नर्भिक डाक्टरलाई हो । कोरोनाको नाममा विशेषज्ञ डाक्टरको सेवा पनि उपलब्ध नहुने, बिरामीको अवस्था गम्भीर हुँदै जानुले स्थिति झनै गम्भीर बनायो । घरको सदस्य नै नर्सिङ ज्ञान भएकाले नियमित ब्लड प्रेसर नाप्ने, ज्वरो नाप्ने त गरिएकै हो । घर नछोडेको, घर छँदासम्म ज्वरो नआएको बिरामीलाई एकाएक कोरोनाको करार गरेर जुन किसिमको प्रताडना भोग्नु पर्यो त्यसको मूल्य भौतिक रुपमा मापन गर्न सम्भव छैन ।

ठिक छ, कोरोनाको शंका लाग्यो, बिमारीलाई सामान्य क्वारेन्टाइनमा राखेर उपचार गर्नु त आवश्यक नै होला । अन्य बिमारीसँगै राखेर इमर्जेन्सीमा उपचार गराउन मिल्ने हो र ? पैसा छ छैन, बिनाअग्रिम जानकारी तीसौँ हजारको इमर्जेन्सीको बिल उठाएर कि आइशोलेशनमा भर्ना गर्या जेसुकै गर भन्न मिल्दछ ? आइसोलेशनमा दश हजारभन्दा तलको रूम नै छैन । कोरोनाको लक्षण छैन, रिपोर्ट आएको छैन बिरामीलाई कोरोना करार गरेर दण्ड तिराउन मिल्दछ ? स्वास्थ्यकर्मीको लागि कैयौं थान मास्क पीपीई, सेनेटाईजर, पञ्जा जस्ता सामानको बिरामीले किनेर दिनुपर्ने नानाथरी डाक्टरको शुल्क, बिलमा एकमुष्ट १० प्रतिशत सेवाशुल्क, यो कसरी जायेज हुन सक्दछ ? जुन उपचारका लागि गएको हो सम्बन्धित डाक्टरसँग भेट नै भएको छैन ।

कोरोना आशंकाकै भरमा भर्ना गरेको अर्कोदिन ७० हजारभन्दा बढीको बिल चार्ज गरेको छ । सेवाको गुणस्तर गए गुज्रेको छ्र ठूलो हलको खालिजस्तो खण्डमा एउटा खाटमा बिरामी राखिएको छ, घरका मान्छे कुरुवा बस्न पनि पाउँदैननन् । बिरामीले बोलाउँदा डाक्टर, सिस्टर कोही नजिक आउँदैनन् । तातोपानी माग्यो भने दिदैनन् । त्यो व्यवहार सम्झदा आमा अहिले पनि खिन्न हुनुहुन्छ । ‘तिमीहरुले त्यस्तो कैद खानामा लगेर कहाँ भागेको ?’ जस्ता प्रश्न सोध्ने गर्नुहुन्छ । बिरामीलाई शंका लागेमा सामान्य क्वारेन्टाइनमा राखेर उपचार गर्नु पर्नेमा जवर्जस्ती कोरोना करार गरेर न्यूनतम सुबिधा प्रदान नगर्नुले निजी क्षेत्रका निकायहरुले राष्ट्रिय विपत्तिलाई समेत कसरी दुरुपयोग गर्दछन् ? यो एउटा दृष्टान्त मात्र हो ।

मैले कोरोनासँग जानकार रहेका चिनेजानेका डाक्टरलाई बुझ्दा “ट्रावेल हिस्ट्री नभएका, काठमाडौं नछोडेका, बाहिरका व्यक्तिसँग सम्पर्कमा नआएकाको लागि सिमित र महंगा पिसीआर किट खर्च गर्दैन, होला” भन्ने अनौपचारिक जानकारी पाएको थिएँ, एकैदिनमा रिपोर्ट आउँदछ भनेको दुई दिनपछि मात्र अस्पतालले कोरोना नेगेटिभ भएको सूचना गर्यो जुन पूर्वअपेक्षित नै थियो । रिपोर्टको रिहर्सलपछि उपचारले सामान्य कोर्स समात्यो । बिरामीलाई वार्डमा सारेर विशेषज्ञ डा चोखानीको समूहको सेवा प्राप्त गरी रहँदा कोरोना पासोको कठोर यात्रामा ठूलो मूल्य चुकाएर जेनतेन गन्तव्यमा पुगेको महशुस भयो ।

यो एउटा प्रतिनिधिमूलक घटना हो । कोरोनाको यस्तो विश्वव्यापी महामारी फैलिएको बेलामा निजी स्तरका संघ संस्थाले गुमेको छवि निर्माण गर्नुपर्नेमा उल्टै यस्तो व्यवहार गरिनु बिडम्बना हो । एउटा रोगको निधानका लागि गएको बिरामीको सामान्य ज्वरोलाई कोरोनाकरण गरेर गरिने यस्तो व्यापारले सिमित आयमा चल्नुपर्ने व्यक्तिको बिचल्ली नै बनाएको छ । निजी अस्पतालहरु कित आक्कल झुक्कल ज्वरो आएका तर गम्भीर रोगले पीडित भएका बिरमीलाई कोरोना भएको भनेर जाँच्दै जाँच्दैनन् । जाँचिहाले भने कोरोनाको नाममा उठिबास नै गराउँछन् । यो एउटा तितो यथार्थ हो ।

निजी क्षेत्रले स्वास्थ्यको नाममा सेवा गरिरहेको छ कि ब्यापार ? अहिलेको कोरोना महामारीमा निजी क्षेत्रले देखाएको रवैयाबाटै प्रष्ट छ । यस्ता निकायका लागि भन्सार छुट, कर छुट गर्नुको औचित्य पूष्टि हुन सकेको छैन । यस्ता सम्बेदनशील विषयमा नीति निर्माण तथा नियमन निकायको ध्यान जानु जरुरी छ । व्यापारको पनि एउटा नियम हुन्छ । अनुगमन हुन्छ । परिभाषित मापदण्डमा सबै चल्नु पर्दछ । तर आज यस्तो भइरहेको छैन । निजी स्वास्थ्य संस्थाहरु कोरोनाको नाममा कित सेवाबाट नै बञ्चित गर्दछन्, यदि गरिहाले बेहाल बनाउँछन् होसियार आक्कल झुक्कल आउने सामान्य ज्वरो निजी स्वस्थ्य संस्थाको कोरोना पासोमा बल्झिएर मूख्य उपचारबाट बञ्चित हुनु नपरोस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निर्णय प्रक्रियामा मत राख्ने स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने विधानमा प्रष्ट उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सावधानी अपनाउन अनुराेध गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो…

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्नुपर्ने ढकालकाे सुझाव छ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको सचिवालय बैठकमा जानुहुने भएको…