अमेरिकी कम्पनी माेडेर्ना भन्छ- कोरोनाभाइरस खोपको परीक्षण सफल भयाे

काठमाडौं । कोरोनाभाइरस खोपको परीक्षण सफल भएको अमेरिकी एक कम्पनीले दाबी गरेको छ । आठ जनामा गरिएको कोरोनाभाइरसविरुद्धको खोपले सफलताको पहिलो संकेत दिएको अमेरिकाको मोडेर्ना कम्पनीले दाबी गरेको हो ।

परीक्षणको रिपोर्टमा कोरोनाभाइरस छिरेपछि मान्छेको शरीरमा पैदा हुने रोग प्रतिरोधी क्षमता जस्तै यो खोपको पनि प्रतिरोधी क्षमता भएको कम्पनीले बताएको छ । बीबीसीको अनलाइन सेवामा प्रकाशित समाचार अनुसार सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टिबडी भेटिएको बताएको छ।

खोपको परीक्षण धेरै मानिसहरुमा गरेपछि मात्रै यसले कोरोनाभाइरसबाट मान्छेलाई बचाउन सक्छ कि सक्दैन भन्ने एकिन हुने पनि समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसविरुद्धको खोप बनाउने कार्यमा लागेको ८० कम्पनीमध्ये मोडेर्ना कम्पनी पहिलो कम्पनी भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…