नीति तथा कार्यक्रम भारी बहुमतले पारित

काठमाडौं । आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम संघीय संसदको दुवै संदनबाट पारित भएको छ । नीति तथा कार्यक्रम  प्रतिनिधिसभा र राष्टियसभाबाट मंगलबार भारी बहुमतले पारित भएको हो ।

आव २०७७, ०७८ को नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । त्यसपछि नीति तथा कार्यक्रमबारे दुबै सदनमा आइतबार र सोमबार सांसदहरुले छलफल गरेका थिए । दुई दिनको छलफलपछि नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी ओलीले मंगलबार संसदमा जवाफ दिनुभयो ।

प्रधानमन्त्रीको जवाफपछि सांसहरुले केही जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीले सांसदहरुको ती जिज्ञासाको पुन जवाफ दिनुभयो । त्यसपछि सभामुख अग्नि सापकोटाले नीति तथा कार्यक्रम संसदमा निर्णार्थ पेश गर्नुभएको थियो । त्यसपछि नीति तथा कार्यक्रम संसदबाट भारी बहुमतसहित पारित भएको हो ।

नीति तथा कार्यक्रमबारे विभिन्न राजनीतिक दलका सांसदहरुले ७ वटा संशोधन प्रस्ताव पेश गरेका थिए । विभिन्न दलका सांसदशरुले छुट्टाछुट्ै रुपमा पेश गरेको ती संशोधन प्रस्ताव संसदको बहुमतले अस्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…