Logo मंसिर १४, २०७७ आइतबार


बुबाको हत्या गरी फरार रहेकी छोरी पक्राउ

काठमाडौं । गए राति आफ्नै बुबाको हत्या गरी फरार रहेकी शुस्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीय बुबा फुलबहादुरलाई हत्या गरी फरार रहेकी छोरीलाई घटना स्थलबाट दक्षिणतर्फको जंगलमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट बन्चरो समेत नियन्त्रणमा लिएको छ ।

इलाम सन्दकपुर गाउँपालिका वडा नम्वर ३ स्थायी घर भई माइत देउमाई नगरपालिका ६ शान्तीडाँडामा बसोबास गर्दै आएकी शुस्माले घरायसी निहुमा बुबालाई हत्या गरेको बताइएको छ । शुष्माले बुबालाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन् ।

घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि झगडा भएको थियो । कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झगडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ ।

शुस्मालाई जिल्ला प्रहरी कार्यालयबाट कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…