प्रदेश १ मा एकैदिन ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रदेश नम्बर एकमा एकैदिन ११ जनामा कोरोना पुष्टि भएको छ । आज मंगलबार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको हो ।
आज कोरोना पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् । सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो ।

ती व्यक्तिकै सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।