जुवातास खेलिरहेका ६ जनालाई नगदसहित पक्राउ

काठमाडौं । वीरगंज महानगरपालिका २७ उदयपुर घुर्मी बस्ने नगिना यादवको घरमा जुवातास खेलिरहेका ६ जनालाई ६८ हजार ४ सय ८० रुपैयाँ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निज नगिना यादव, सोही ठाउँ बस्नेहरु २५ वर्षीय रुपेश यादव, ३६ वर्षीय राजेश्वर प्रसाद यादव, ४० वर्षीय छोटेलाल पटेल, ४५ वर्षीय ज्ञानचन पटेल र १९ वर्षीय हदरी प्रसाद यादव रहेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको समयमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै तास खेलीरहेको स्थानबाट ३ वटा प्लाष्टिकको ड्रममा मदिरा तयार पार्न राखिएको कच्चा पदार्थ ६ सय लिटर समेत प्रहरीले फेला पारी नष्ट गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…