सर्लाहीमा कोरोना संक्रमण पुष्टि भएका दुबै जना काठमाडौंका बासिन्दा

काठमाडौं । सर्लाहीका कोरोना भाइरस संक्रमण पुष्टि भएका दुबै जना काठमाडौंका बासिन्दा भएको खुलेको छ ।  आज मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २७ जनामा संक्रमण पुष्टि गरेकोमा दुई जना सर्लाहीको रहेको बताइएको थियो ।

तर सर्लाहीमा भाडाको घरमा बस्दै आएका संक्रमितहरूले आफैंले काठमाडौंको टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा  जाँचको समय ठेगाना सर्लाही लेखाएको खुलेकोले यस्तो हुन गएको सर्लाहीका प्रमुख जिल्ला मोहन बहादुर जिसीले बताउनुभयो ।

संक्रमितमध्ये एक जना बागमती नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरूष र अर्का हरिवन नगरपालिका नयाँ रोड निवासी ३१ वर्षीय पुरूष रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।