सुरक्षा गार्ड र प्रिन्टिङ प्रेसको कर्मचारीमा पनि कोरोना संक्रमण

काठमाडौं । आज मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरमा थपिएका पाँच जना संक्रमित मध्ये दुई संक्रमित सुरक्षा गार्ड र प्रिन्टिङ प्रेसको कर्मचारी भएको खुलेको छ । स्वास्थ्य मन्त्रायलले सोमबार धादिङका कोरोना संक्रमित भनेर सार्वजनिक गरेको व्यक्ति काठमाडौंको बागबजारस्थित एक प्रिन्टिङ प्रेसमा काम गर्ने कर्मचारी भएको पुष्टि भएको छ ।

धादिङ स्थायी घर भएका उनले गाउँ पुगेर फर्किएपछि परीक्षणका लागि टेकु अस्पतालमा स्वाब दिएको कन्ट्याक ट्रेसिङमा संलग्न एक सुरक्षा अधिकारीले जानकारी दिए ।

त्यसक्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । अहिले उनकाे आइसेलेसनमा राखेर उपचार भइरहेको छ । त्यस्तै अर्का काठमाडौंका संक्रमित नक्सालका सुरक्षा गार्ड हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।