काठमाडौंमा डाक्टरलाई नै कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा डाक्टरलाई नै कोरोना भाइरस संक्रकण भएको छ । मुलुकमा मंगलबार थपिएका २७ संक्रमित मध्ये ३ जना काठमाडौं उपत्यकाका छन् । यसमध्ये एक जना इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा कार्यरत डाक्टर रहेको पुष्टि भएको छ ।

ललितपुरका  ती डाक्टर कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने जिम्मेवारीमा सक्रिय हुँदै आएको स्वास्थ्य स्रोतले जनाएको छ ।  स्रोतका अनुसार, ती डाक्टर कपिलवस्तुमा कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा सक्रिय थिए । त्यही क्रममा आफैं संक्रमित भएका हुन् ।

नेपालमा डाक्टर नै संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्समा भने कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…