कोरोना अपडेट : विश्वभर ४९ लाख संक्रमित, ३ लाख २४ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार ५ सय ३५ जना पुगेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । प्रत्येक दिन एक लाखको हाराहारीमा संक्रमित संख्या बढिरहेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४९ लाख ८२ हजार ८ सय ७५ जना संक्रमित भएका छन् ।

अबको केही घन्टामा संक्रमित संख्या आधा करोड पुग्ने देखिन्छ । सबैभन्दा बढी अमेरिकामा १५ लाख ७० हजार संक्रमित र मृतक संख्या ९३ हजार ५ सय पुगेको छ । दोस्रो स्थानमा रुस रहेको छ । त्यहाँ २ लाख ९९ हजार संक्रमित र मृतक संख्या २८ सय ३७ छ ।

स्पेनमा २ लाख ७८ हजार पुगेको छ । कोरोना रोकथामलाई बेवास्ता गर्दा ब्राजिल अहिले चौंथो स्थानमा पुगिसकेकाे छ । त्यहाँ २ लाख ७८ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये मृतक संख्या २७ हजार ७ सय पुगेको छ । बेलायमा २ लाख ४८ हजार, इटालीमा २ लाख २६ हजार पुग्दा भारतमा १ लाख ६ हजार पुगेको छ । यसरी विश्वभर कोरोना भाइरसको महामारी भयावह बन्दै गइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…