उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न सरकारसँग आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका प्रवेश गर्ने सबै नाका सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका बन्द गर्न सङ्घीय सरकारसँग माग गरेको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले मङ्गलबार विज्ञप्ति जारी गर्दै बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो । कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्ने निर्णय भएको जनाइएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…