कोरोनाबारे स्वतन्त्र अनुसन्धान गर्न १९४ राष्ट्र सहमत

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का सदस्य राष्ट्र कोरोना भाइरस महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भएका प्रयासबारे स्वतन्त्र अनुसन्धान गर्न सहमत भएका छन् ।

डब्लुएचओको ७३ औँ वार्षिक विश्व सम्मेलनमा १ सय ९४ सदस्य राष्ट्र स्वतन्त्र अनुसन्धान गर्न सहमत भएका हुन् ।जेनेभामा भएको सम्मेलनमा विश्वभरबाट सदस्य राष्ट्रका प्रतिनिधि भिडियो कन्फ्रेन्समार्फत सहभागी भएका थिए । डब्लुएचओको भूमिका बारे पनि अनुसन्धान हुने भएको हो । त्यसमा पनि सबै सदस्य राष्ट्रबिना कुनै विवाद सहमत भएका हुन् ।

अमेरिकाले लगातार डब्लुएचओको आलोचना गर्दै आएको छ । गएको वर्ष चीनको वुहानमा कोरोना भाइरस शुरुमा देखिँदा नै नियन्त्रणका लागि पर्याप्त काम नगरेका कारण अहिलेको अवस्था आएको अमेरिकाको आरोप छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई चीनको ‘कठपुतली’ बनेको आरोप समेत लगाएका छन् ।

अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोक्नुका साथै स्थायी रुपमै सहयोग बन्द गरेर सदस्यबाट बाहिरिने चेतावनी समेत दिएको छ । डब्लुएचओको सम्मेलनमा युरोपियन युनियन (इयु) ले एक सय राष्ट्रको तर्फबाट संकल्प प्रस्ताव पेश गरेको छ ।

साथै त्यो प्रस्तावमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा भएका प्रयासको विस्तृत मूल्यांकन गर्नका लागि निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्ने उल्लेख छ । कोरोना भाइरसविरुद्धको उपचार तथा खोपको वितरण सबैलाई पारदर्शी र समान रुपमा हुनुपर्ने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…