भोरद्वारा आइसोलेसनका बिरामीलाई पौष्टिक आहार बितरण

पर्सा । भोर संस्थाले वीरगञ्जस्थित नारायणी अस्पताल र सिद्धार्थ माविको आइसोलेसेनमा  रहेका बिरामीलाई पौष्टिक आहार बितरण गरेको छ ।

भोरले आइसोलेसेनका बिरामीलाई खुवाउन ९० प्याक पौष्टिक आहार अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायलाई हस्तान्तरण गरेकाे हो ।

आइसोलेसनमा रहेकाहरुलाई जनही आधा किलो च्यवन प्रास, २ सय ५० ग्राम ड्राइफुड , २ किलो चनाको सातु, ३ दाना  कागती, ५० ग्राम अस्वगन्धा चूर्ण, ५० ग्राम त्रिफला चूर्ण र अमृत चियापत्ती बितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोले बताउनुभयो ।

अध्यक्ष महतोले पौष्टिक आहार सामाजिक अभियन्ता प्रकाश थारुको सक्रियतामा जुटाइएको जानकारी दिनुभयो । रोग प्रतिरोधात्मक क्षमता बढाउने उदेश्यले ड्राइफुड लगायतका पौष्टिक आहार वितरण गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।