लकडाउनको समयमा म्याग्दीमा लिङ्गो जुधाइ मेला

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा लकडाउनको बेवास्ता गर्दै लिंगो जुधाई मेला र भूमे पूजा सम्पन्न भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामको लागि सरकारले गरेको लकडाउनको आग्रहलाई लत्याउँदै दुई गाउँको लिङ्गो जुधाई प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाएको छ।

प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन प्रतियोगितास्थलमा सामाजिक दूरी कायम गरी मेला र पूजा आयोजना गरिएको आयोजक दग्नाम भूमे पूजा समितिका सदस्य मोहन तिलिजाले बताउनुभयो।

लिङ्गो जुधाइमा गैरीगाउँ विजयी लिङ्गो जुधाई प्रतियोगितामा गैरीगाउँ विजयी भएको उनले जानकारी दिए। करिब आधा घण्टा दुई गाउँबीच लिङ्गो जुधाउने प्रतियोगितामा गैरीगाउँ विजय भएको तिलिजाले जानकारी दिए। साविकको दग्नाम गाविसमा स्थानीयले परम्परा अनुसार नै दुई वटा गाउँमा विभाजन गरी सामूहिक पूजाआजा गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…