एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानीको मैतीदेवी क्षेत्र सिल

काठमाडौं । काठमाडौंको मैतिदेवीमा पनि एक युवामा कोरोना भाइरस संक्रमण देखिएपछि त्यस क्षेत्र सिल गरिएको छ । मैतीदेवीमा बस्दै आएका रामेछापका पुरुषमा संक्रमण पुष्टि भएपछि मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ।

रामेछापको खाडादेवी–४ स्थायी घर भइ मैतीदेवीमा डेरामा बस्ने जुम्ल्याहा दाजुभाइ मध्येका दाजुलाई संक्रमण देखिएको हो । भाइलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । रामेछापबाट वैशाख ३० गते उनीहरु काठमाडौं आएको प्रहरीले जनाएको छ । संक्रमित पुष्टि भएकालाई हाल टेकू अस्पतालको आइसोलेशनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।