लकडाउनमा चोरेको प्रेस कार्ड बोकेर चोरी गर्दै हिँडने २ जना पक्राउ

काठमाडौं । लकडाउनको मौका छोपेर चोरेको प्रेस कार्ड बोकेर चोरी गर्दै हिँडने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी कार्यमा संलग्न ती व्यक्तिहरुलाई महानगरिय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले चाबाहिलको भत्केको पुलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी वडा नम्बर १४ घर भई हाल धुम्बाराही काठमाडौंमा बस्दै आएका वर्ष २१ का आश्रय रिजाल हिमाल, हम्मे भन्ने हिमाल रसाईली र बारा जिल्ला बड्की फुलबारी गाँउपालिका ३ का घर भई हाल ओमबहाल बस्दै आएका २८ वर्षीया अलि आलम मिया रहेका छन् ।

उनीहरुको साथबाट नगद नेपाली पैसा ५३,०००, अमेरिकन डलर ३००, चाईनिज युयान २०० सहित एप्पल कम्पनीको ल्यापटप एक थान, एप्पल कम्पनीको आइ प्याड २ थान, बिभिन्न ब्राण्डका ६ थान मोवाईल, धारिलो हतियार ३ थान प्रोजेक्टर २ थान, क्यानोन क्यामेरा १ थान बा.२७ प.९४९० नम्बरको एभेन्जर मोटरसाइकल १ थान र एपि वान टेलिभिजनको सुसन शाही नाम गरेको प्रेस कार्ड एक थान प्रहरीले वरामद गरेको छ ।

अनुसन्धानको क्रममा प्राप्त भएको सीसी क्यामेरा फुटेजलाई अध्ययन गर्दा चोरी गर्ने क्रममा सीसी टिभीमा देखिएको एभेन्जर मोटरसाइल रोकी सोधपुछ गर्ने क्रममा निज चोरीमा संलग्न ब्यक्तिहरुले प्रहरीबाट उम्कन एपी वान टेलिभिजनको प्रेसकार्ड देखाई आफुलाई पत्रकार हो भनि समेत बताएको देखिएको छ । प्रेसकार्ड कहाँबाट कसरी चोरी भयो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…