ट्याक्टर खस्दा एकको मृत्यु, ६ जना घाइते

रुकुम । रुकुम पश्चिमकाे दुई स्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिकामा रा १ त २८१७ नम्बरको ट्याक्टर हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरर्गत घोरखानीबाट साखँतर्फ जाँदै ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा चालक वडानम्बर ७ मा २० वर्षीय नरेश सुनारको मृत्यु भएको हो । दुर्घटनामा सहचालक घाइते भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १५ सय मिटर तल खसेको छ ।

त्यस्तै आठबिसकोट नगरपालिका वडानम्बर –३, को स्यालाखदीमा पनि  बुधबार बिहान ट्याक्टर दुर्घटना भएको छ । खाद्यान्न लिएर खदीतर्फ जाँदै गरेको ना ६ त ३१३९ नम्बरको ट्याक्टर दुर्घटनामा हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…