बिहानै थपिए १७ जना कोरोना संक्रमित, संख्या ४४४ पुग्यो

काठमाडौं । नेपालमा बिहीबार एकैदिन १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै  कोरोना भाइरस संक्रमितको  कुल संख्या ४४४ पुगेको छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कचनकवल गाउँपालिकाको वडानम्बर ३, ६ र ८ का १८, १८ , १९, २२, २३, २३, २५,२६, २६, २८, ३० ३२, ३७ र ४६ वर्षीय झापाका पुरुषहरु, धनकुटाका ३४ वर्षीय एक पुरुष तथा धरान उपमहानगपालिका निवासी ५१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

थपिएका नयाँ संक्रमितमध्ये १६ पुरूष र १ महिला रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ  । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।