स्वाब संकलनका लागि पठाइएका १ सय ८६ को पिसिआर रिपोर्ट नेगेटिभ

प्रकाश गौतम
रुकुम (पश्चिम) । कोरोना भाइरस परिक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएका रुकुम पश्चिमका एक सय ८६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाका ६ वटै स्थानीय तहबाट पछिल्लो पटक थ्रोड स्वाब संकलन गरी सुर्खेत पठाइएकाहरूको रिपोर्ट नेगेटिभ आएको हो ।

कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा स्वाबको नमुना परिक्षण गरिएकाहरुमा कोरोना भाइरस संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताउनुभयो ।

पछिल्लोपटक भारत र नेपालका विभिन्न स्थानबाट आएका, क्वारेन्टाइनमा बसेका, हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरुको स्वास्थ्य परीक्षण गरिएको रावलले जानकारी दिनुभयाे । रावलका अनुसार जिल्लामा १ हजार ९० जनाको आरडीटीमार्फत स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।

नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकाले अहिलेको परिस्थितिसँग जुध्न कठिन हुने बताउनुभयो ।