गाउँमा झगडा मिलाएर कार्यालय फर्कदै गरेका प्रहरी इञ्चार्जको बाटोमै मृत्यु

काठमाडौं । गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका प्रहरी इन्चार्जको बाटोमै मृत्यु भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ मा रहेको खेवाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक(असई)बालकुमार राईको बाटाेमै मृत्यु भएको हो।

सुरुङखीमा भएको झगडा मिलाएर फर्कदै गरेका उनले तावाखोला नजिक आई पुगेपछि अचानक गाह्रो महशुस गरेका थिए । अचानक असहज भएपछि स्थानीय कुमार सार्कीको घरसम्म पुगे ।  राईले त्यसपछि बान्ता गर्न थालेको र केहि समयमै उनको मृत्यु भएको खबर प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।

जिल्ला प्रहरीबाट प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रजिअ निरौलाले जानकारी दिनुभयो। भोजपुरको लेकखर्क घर भई झापाको दमक बस्दै आएका ४२ वर्षीय राई केहि महिना अघि मात्र  खेवाङ पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…