लकडाउन अवधिमा विभिन्न प्रकृतिका २१ मुद्दा प्रहरीमा दर्ता

शिव बोहरा
बागलुङ । कोरोना भाइरस संक्रमणकाे भयका कारण देश लकडाउनको अवस्थामा रहेपनि बागलुङमा भने विभिन्न प्रकृतिका घटनासँग जोडिएका २१ मुद्दा प्रहरीमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयमा आत्महत्या, अभद्र व्यवहार र आत्महत्या दुरुत्साहनसँग जोडिएका घटना तथा उजुरी दर्ता भएको पाइएको हो ।

सरकारले गत चैत महिनाको ११ गतेदेखि देशभर लकडाउन कायम राखेको छ । लकडाउन शुरु भएदेखि हालसम्म सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गरेका घटना प्रहरीमा दर्ता भएका हुन् । दुई महिनाको अवधिमा झुण्डिएर आत्महत्या  गरेका मात्रै ८ घटना प्रहरीमा दर्ता भएका छन् ।

लकडाउनको अवधिमा ४ वटा अभद्र व्यवहार, चोरीको १, विषादी सेवन गरी आत्महत्या गरिएको १ र आत्महत्या दुरुत्साहनको १ उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामाजिक असुरक्षाका कारण आत्महत्याका घटना घटेको अधिवक्ता राम शर्माले बताउनुभयो । सामाजिक असुरक्षासँगै घरमै बस्दा विभिन्न मानसिक तनाव भइरहने हुनाले यस्ता घटना बढेको उहाँको भनाइ छ ।

‘धेरै मानिस महत्वकांक्षी हुन्छन्, आफ्नो चाहना अुनसारका क्रियाकलाप गर्न नपाँउदा निराश बन्छन’, शर्माले भन्नुभयो ‘चाहना अनुसार पारिवारले पुरा गर्न नसक्दा उनीहरु आत्महत्या गर्ने निर्णयमा पुग्ने गर्छन् ।’ शर्माले यस विषयमा अभिभावक सचेत हुनुपर्नेमा जोड दिए । कतिपयले अवैध सम्बन्धका कारण पनि आत्महत्या गर्ने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…