पार्टी एकीकरणकै दिनदेखि पद्धति मिचिएको छ (भिडियोसहित)

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केन्द्रीय सदस्य रहनुभएकी डा. विन्दा पाण्डे पार्टीको प्रवास कमिटी इन्चार्ज पनि हुनुहुन्छ । नेकपाभित्र महिलाका सवालमा फरक मत राख्दै आउनुभएकी डा. पाण्डे लामो समयदेखि राजनीतिमा पुस्तान्तरणको मुद्दालाई कार्यान्वयन गनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

नेतृ पाण्डेले विद्यार्थी राजनीतिदेखि आजको पार्टी केन्द्र र संसदसम्मको आफ्नो राजनीतिक यात्रामा मुख्यरुपमा राजनीतिमा महिला सहभागिता, महिला आन्दोलन र त्यसको पुस्तान्तरणबारे आफ्ना महत्वपूर्ण विचार प्रस्तुत गर्दै आउनुभएको छ ।

तत्कालीन नेकपा (एमाले) को आठौं महाधिवेशनमै पार्टीमा उमेर हद तोक्ने बहस चलेपनि आज समेत बुढ्यौली पार गर्न लागिरहेका नेताहरुको ठूलो समूह छ । बेला/बेला पार्टी नेतृत्वमा युवा पुस्तालाई स्थान दिनुपर्ने र आन्दोलनको लामो कालखण्ड पार गरेका नेताहरुले विश्राम लिनुपर्ने आवाज उठ्ने गरेपनि विद्यमान नेतृत्व पछिल्लो पिँढीलाई नेतृत्व छोड्ने पक्षमा देखिदैन ।

विद्यमान कोरोना महामारीको समयमा नेकपाको नेतृत्वमा चलिरहेको शक्ति संघर्ष हेर्दा त  पार्टीको युवापुस्ताले अपेक्षा गरेको पुस्तान्तरणको एजेण्डा कयौं कोष पर सरेको देखिन्छ । नेतृ पाण्डेलगायतका नेताहरुले नेकपाभित्र समावेशीता, महिला सहभागिताको सुनिश्चितता र पुस्तान्तरणबारे जति चर्को आवाज उठाएपनि निर्णयमा हस्तक्षेप गर्न नसकिरहेकोले यो समस्या ज्यूँका त्यूँ रहेको टिप्पणी हुने गरेको छ ।

नेकपा केन्द्रिय सदस्य डा. विन्दा पाण्डेले पार्टी एकीकरण भएको दिनदेखि नै पद्दती मिचिएको बताउनुभएको छ । जनता टेलिभिजनको द भ्यू विचार मन्थनसँगको संवादमा नेतृ पाण्डेले पार्टी एक हुँदै गर्दा चुपचाप बस्नेहरु र जानी जानी गल्ती गर्नेहरुले विगतका गल्तीहरु लिपीबद्ध गर्दै आत्मसमिक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

‘पार्टी एकीकरण हुने बेला को-को चुपचाप बसे ? र कसले-कसले जानी/जानी गल्ती गरे ? भन्नेबारे एकीकरणको पहिलो दिनदेखि नै भएका गल्तीको सूची नै बनाएर गल्तीहरु सच्याउनुपर्छ’ उहाँले भन्नुभयो, ‘पार्टी एकीकरण गरेकै दिनदेखि पद्धति  मिचिएको छ ।’ नेतृ पाण्डेले एकीकरण भएकै दिनदेखि यो/यो ठाउँमा हामीले यसरी/यसरी पद्धति मिच्दै आयौं भन्ने निष्कर्ष निकालेर सम्बन्धित नेताहरुले समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो । विगतमा भएका गल्तीमा सबैले आ-आफ्नो भूमिका रहेको अनुभूति गर्दै पार्टीमा उत्पन्न समस्याको निराकरण गरिनुपर्नेमा डा. पाण्डेको जोड छ ।

पार्टी बैठक माग गर्दै पछिल्लो समय पार्टीका २० जना स्थायी समिति सदस्यहरुको संयुक्त हस्ताक्षरको सुनुवाई नहुनुको कारणबारे सोधिएको प्रश्नमा नेतृ पाण्डेले भन्नुभयो, ‘२० जनाको हस्ताक्षर त कयौं पछिको कुरा हो, त्यो भन्दा पनि पहिले त ९ जना सचिवालयका नेताबीच कहाँ /कहाँ विधि मिचियो ? भन्नेबारे गम्भीर समीक्षा हुनुपथ्र्यो ।’ कमिटी पद्धतिकै पक्षमा वकालत गर्ने हो भने पनि सचिवालयका नेताबाट भएको गल्ती सचिवालयमै टुंगो लगाइनु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…