रुकुम पश्चिमका १८६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

प्रकाश गौतम
रुकुम (पश्चिम) । पछिल्लो पटक परीक्षणका लागि स्वाब सुर्खेत पठाइएका रुकुम पश्चिमका एक सय ८६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

६ वटै स्थानीय तहबाट थ्रोड स्वाब संकलन गरी सुर्खेत पठाइएको थियो । कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा स्वाबको नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभयो ।

भारत र नेपालका विभिन्न ठाउँबाट आएका, क्वारेन्टाइनमा बसेका, हेल्थरहेल्प डेस्कमा बसेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकको परीक्षण गरिएको फोकल पर्सन रावलको भनाई छ । उहाँका अनुसार जिल्लामा १ हजार ९० जनाको आरडिटिमार्फत परीक्षण गरिएकोमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।