भत्ता थाप्न बैंकमा लाइन बसेका वृद्धको मृत्यु

धादिङ । गंगाजमुना गाउँपालिकाका एक वृद्धको सामाजिक सुरक्षा भत्ता थाप्न बैंकमा लाइन बसेको अवस्थामा बेहोस भइ मृत्यु भएको छ । गंगाजमुना–४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङको भत्ता थाप्न लाइन बसेको अवस्थामा बेहोस भइ मृत्यु भएको हो ।
फूलखर्कमा रहेको एसबीआई बैंकमा लाइन लागिरहेका गुरुङ बेहास भइ ढलेका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिनुभयो । गुरुङ दम रोगबाट ग्रसित रहेको बताइताइएको छ ।