छोराहरुले नै बुबाको हत्या गरेर शव घर भित्र गाडेको खुलासा

काठमाडौं । विराटनगर महानगरपालिका–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानलाई आफ्नै जेठा छोरा २९ वर्षीय रोहित र माइला २६ वर्षीय नागेन्द्र चौहानले हत्या गरेको खुलेको छ। आफ्नै घर भित्र गाडेको अवस्थामा शव उत्खनन् गरिएका सत्यराम चौहानको हत्या उनकै छोराहरुले नै गरेको प्रहरीले जनाएको छ । ।

गत शनिबार राति दुई दाजुभाई मिलेर आफ्नै बुबाको हत्या गरि घर भित्रै खाल्डो खनेर शव तन्नाले बेरेर गाडेको पाइएको मोरङ प्रहरीका प्रवक्ता मान बहाकदुर राईले जानकारी दिनुभयो । प्रहरीले घर भित्रै गाडेको शवलाई बुधबार साँझ उत्खनन् गरेर पोस्टमार्टमका लागि कोसी अस्पताल पु¥याएको छ । सत्यराम जेठो छोरो रोहितसँग आफ्नै घरमा बस्थे । तीन छोरा मध्ये माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छोे छोरा सोमकुमार तीन वर्षदेखि वेपत्ता छन् ।

प्रहरीका अनुसार बाबुले जेठो छोरा रोहितसँग पैसा मागेका थिए । तर ज्यालामजदुरी गर्ने रोहितले आफूसँग पैसा नभएको बताएपछि बाबुले घरबाट निकालिदिने चेतावनी दिएपछि बाबु छोराबीचमा विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले सुरुमा बुवाको टाउकोमा प्रहार गरेको र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको हत्या गरेको प्रहरीको भनाइ छ ।

बुवाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घर भित्रै खाल्डो खनेर गाडिदिएको दुवै छोराले प्रहरीलाई बयान दिएका छन् । डीएसपी राईकाअनुसार बाबुको हत्या गरेपछि घर भित्रै गाडेर शव गायव पार्न र बाबुको हत्याको घटना लुकाउन खाजेको पाइयो । प्रहरीका अनुसार सत्यरामका माइलो छोरा नागेन्द्रकी श्रीमतीले घटनाका बारेमा थाहा पाएपछि बुवा घरमा नभएको भन्दै नागेन्द्र आफै बुधबार प्रहरी कार्यालयमा पुगेका थिए ।

त्यसपछि पुगेको प्रहरी टोलीले घर भित्रै गाडेको अवस्थामा शव उत्खनन् गरेको हो । घटनामा संलग्न छोराद्वय रोहित र नागेन्द्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताउनुभयो । डीएसपी राईले दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।