ऋणको ब्याजमा २ प्रतिशत छुट हुने

काठमाडौं । नेपाल बैक लिमिटेडले सेवाग्राहीले लिएको ऋणको ब्याजदरमा २ प्रतिशत छुट दिने जनाएको छ ।बैकले २०७६ साल चैत मसान्तसम्म लगानी गरिएका कर्जामा चैत मसान्तसम्म कायम भएको ब्याजदरमा २ प्रतिशतले छुट दिने भएको हो ।

लकडाउनका कारण मुलुकका आर्थिक गतिविधि प्रभावित भइरहेका बेला नेपाल राष्ट्र बैकको निर्देशन अनुसार छुट दिन लागिएको बैैकले जनाएको छ । बैंकले २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरू जस्तैः हाइपोथिकेसन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमान्ड, सुनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत मसान्तको आधार दर ७.८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था मिलाइएको जनाएको छ ।

छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दस्तुर तिर्ने ऋणीको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत बिन्दुले छुट पाउने बैकका प्रवक्ता प्रकाशकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७७ साल वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान गरिने पनि जनाएको छ । छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैकको आधार दर बराबरकै अर्थात् ७.८२५ कै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्नसक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…