मोटरसाइकल दुर्घटना हुँदा बालकको मृत्यु

बाँके । खजुरा गाउँपालिका–३ बिगाउँमा मोटरसाइकल दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ । भे.२ प ९०१० नम्बरको मोटरसाइकल बुधबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार १२ वर्षीय प्रतिक थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।