नवलपरासीका पत्रकारको कोरोना बीमा

अनिल यादव
नवलपरासी । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले पत्रकारको कोरोना बीमा गरेको छ । महासंघले शाखामा आवद्ध सदस्य पत्रकारको लागि कोरोना बीमा गरेको हो ।

पश्चिम नवलपरासी जिल्ला भारतसँग सीमाना जोडिएको हुनाले उच्च जोखिममा रहेर पत्रकारले समाचार संकलन गर्नु परेकाले उनीहरुको बीमा गरेको शाखा सचिव राजकुमार रेश्मीले बताउनुभयो । उहाँका अनुसार प्रतिव्यक्ति ५० हजारका दरले शाखामा आवद्ध सबै सदस्यको बीमा छ ।

शाखामा ६३ जना सदस्य आवद्ध छन् । आवद्ध सदस्यमध्ये केही विदेशमा रहेको र केहीको यसअघि नै बीमा भइसकेकाले एकजना कर्मचारीसहित ४९ जना सदस्यको बीमा गरिएको सचिव रेश्मीले जानकारी दिनुभयो । जनरल इन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय, पश्चिम नवलपरासीमार्फत बीमा गरिएको हो । बीमावापत लाग्ने सम्पूर्ण खर्च पत्रकार महासंघ जिल्ला शाखाले व्यहोरेको छ । कोरोना परीक्षण गर्दा कुनै पनि व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ आए बीमा रकम उपलब्ध हुने बीमा कम्पनीका शाखा प्रवन्धक नारायण न्यौपानेले जानकारी दिनुभयो ।

कोरोना संक्रमणका विरुद्ध अग्रपंक्तिमा रहेका पत्रकारको मनोबल उच्च बनाउन सरकारबाट कुनै सहयोग उपलब्ध नभएको अवस्थामा शाखामा आवद्ध पत्रकारलाई पेशाप्रति उत्साहित बनाउन बीमा गरिएको सचिव रेश्मीले बताउनुभयो । सरकारी निकायबाट कुनै सहयोग प्राप्त नभएपनि शाखाले आवद्ध सदस्य र जिल्लामा कार्यरत अन्य पत्रकारलाई स्वास्थ्य सामाग्री, प्रेसज्याकेट लगायतका सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । यसैबीच पत्रकार महासंघले जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारको पीसीआर परीक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…