भारतीय बाटो हुँदै यसरी गाउँ फर्किए व्याँसबासी (फाेटाेफिचर)

लोकेन्द्रप्रसाद जोशी
दार्चुला । व्याँस गाउँपालिका–१ छाङरु र तिकंर गाउँका व्याँसी सौँका समुदायले एक महिना ढिलो गरी गाउँ फर्किन पाएका छन् । बिहीबार नेपाल–भारत सीमा पुल खुलाएर लालाबाला र पशुचौपायासहित सौँका समुदाय कुञ्चा (बसाइ) सरेका हुन् ।

दार्चुला सदरमुकामबाट गाउँ जाने बाटो नहुँदा पशुचौपायासहित खलंगामै बस्नु परेको भन्दै कुञ्चा सर्ने वातावरण बनाइदिन व्याँसबासीले सरोकारवालाहरुलाई एक महिना पहिलेदेखि नै निरन्तर दबाब दिदै आएका थिए । चिसो छल्न मंसिर महिनामा खलंगा झरेका व्याँसीहरुले बैशाख पहिलो साता गाउँ फर्किन खोजेपनि लकडाउन र सीमा बन्दका कारण गाउँ फर्किन पाएका थिएनन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा बिहीबार खलंगास्थित सीमा पुल खुलाएर भारतकै बाटो प्रयोग गरी छाङरुका १ सय १० परिवार र तिकंरका ६५ परिवार गरी १ सय ७५ परिवार व्याँसबासी एकसाथ गाउँ फर्किएका छन् ।

नेपालतर्फ बाटो नहुँदा भारतीय भूमिको प्रयोग गरेर गाउँसम्म बसाइसराई गर्ने छाङरु र तिकंर गाउँका सौँका समुदाय एक साथ कुञ्चा सरेको स्थानीय नगेन्द्र तिकंरीले बताउनुभयो । भारतको धारचुला हुँदै पाँच दिन लगाएर सौँका समुदाय गाउँ पुग्ने गरेका छन् । नेपालतर्फ पञ्चायत कालमा निर्माण भएको व्याँस जाने बाटो मर्मत नहुँदा दुई दशकदेखि तिकंरबासीले भारतीय प्रशासनकै अनुमतिमा भारतीय बाटोको प्रयोग गरेर गाउँ जानुपर्ने बाध्यता छ ।

खेतीपातीको समयमा गाउँ जान नपाएका उनीहरुको हिउँदेबाली खेतमै कुहिएको बताएका छन् । बर्षेबाली लगाउन समेत ढिलाइ भएको छ । ६ महिनाका लागि पशुचौपाया, बालबालिका सहित व्याँसीहरु खलंगा झरेपछि सीमा क्षेत्र मानवबस्ती विहीन हुने गरेको छ । स्वदेशको बाटो नहुदा भारतबाट पाचँ दिन हिडेर गाउँ पुग्ने सौँका समुदाय तिकंर सडक निर्माणपछि चार घण्टामै गाउँ पुग्न सक्नेछन् । नेपाल र भारतको स्थानीय प्रशासनबाट बसाइसराईको अनुमति लिएर एकसाथ व्याँसबासी गाउँ फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिनुभयो ।

अहिले व्याँस गाउँपालिका–२ दुम्लीङदेखि वडा नम्बर १ को बुदीसम्म घोरेटो बाटो ठाउँठाँउमा भत्किएको छ । स्वदेशबाट गाउँ जाने बाटो समेत नहुँदा भारतीय पक्षको दुव्र्यवहारका साथै विभिन्न समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ । चालु आर्थिक वर्ष भित्रै नेपाल सरकारले तिकंरसम्म भत्किएको घोरेटो बाटो निर्माणका लागि बजेट विनियोजन गरेर नेपाली सेना मार्फत निर्माण गराउने तयारी थालेको छ । दार्चुला—तिकंर सडक निर्माणको जिम्मा समेत नेपाली सेनालाई दिने सरकारले निर्णय गरिसकेको छ । २०६५ सालदेखि निर्माण भइरहेको तिकंर जोड्ने सडकको हालसम्म ४० किलोमिटर ट्रयाक मात्रै खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…