झापामा थप ८ जनामा कोरोना पुष्टि

झापा । झापामा थप आठ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बिहीबार बिहान मात्रै १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिउँसो थप आठजना थपिएका हुन् ।

कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।

केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट पोजेटिभ आएको हो । अरूको रिपोर्ट पनि आउने क्रममा छ ।

कचनकवलका क्वारेन्टाइनमा बुधबार साँझसम्म २२४ जना रहेको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।उनीहरु सबैको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरिरहेका छन् । कोरोना पुष्टि भएपछि बुधबार बसेको पालिकाको बैठकले जेठ ११ गतेसम्म गाउँपालिका प्रवेशमा रोक लगाउने निर्णय गिरिएको अध्यक्ष अञ्जरा आलामले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…