सशस्त्र प्रहरीसहित ४ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

काठमाडौं । मुलुकका ४ जना कोरोना भाइरस संक्रमित बिहीबार अस्पतालबाट घर फर्किएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिरहेका ४ जनाले कोरोनालाई जितेका हुन् । उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

काठमाडौंका २ र भक्तपुुरका २ गरी ४ संक्रमितलाई डिस्चार्ज भएको अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीले जानकारी दिनुभएको छ । डिस्चार्ज भएका मध्ये २ महिला २ पुररुष छन् ।

महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्की महिला चन्द्रागिरी नगरपालिकाकी हुन् । पुरुष मध्ये एक जना सशस्त्र प्रहरी जवान हुन् । अर्को पुरुषको पहिचान खुलाइएको छैन । योसँगै कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…