परिवारका सबै मार्ने उद्देश्यले दालमा बिष, अभियुक्तले नै खाेले रहस्य

डोल्पा । जिल्ला प्रहरीले खानामा बिष हाल्ने अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी  ३ जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

जेष्ठ २ गते खानामा बिष हाल्ने डोल्पाको त्रिपुरासुन्दी नगरपालिका वडा नम्बर १ रल्लीका धनबहादुर बूढा, जयबहादुर कठायत र ओमबहादुर शाहीलाई अनुसन्धानको क्रममा पक्राउ गरी सार्वजनिक गरेको हो । अभियुक्तको लुकाएर राखेको अवस्थामा एक दर्जनभन्दा बढी बिष (औषधि) काे जरा, बिषलाई पकाएर राखेको एक थान पलाष्टिकको बोतल बरामत गरिएको छ।

बिष हालेको खाना खादा जेठ २ गते त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ रल्ली ३२ वर्षका सुकलाल कुलालको मृत्यु भएको थियाे । मृतक कुलालकी जेठी पत्नी  २८ वर्षीया रुपसी  र कान्छी पत्नी  २७ वर्षीया  बिन्दु उपचारपछि नेपालगञ्जबाट घर फर्किसकेको जिल्ला प्रहरी प्रमुख नारायण रञ्जितकारले बताउनुभयाे । षडयन्त्र भएको भन्ने परिवारका सदस्यको भनाइ अनुसार अनुसन्धानका लागि पक्राउ गरिएको र अनुसन्धान जारी रहेको उपरीक्षक रञ्जितकारको भनाइ छ ।

अनुसन्धानको क्रममा अभियुक्त जयबहादुर कठायतले वनबाट विषादीयुक्त जडीबुटी ल्याएको र धनबहादुर बुढाले त्यसलाई पकाएर दालमा मिसाएकाे स्वीकार गरेको प्रहरी नायव उपरीक्षक रञ्जितकारले जानकारी दिनुभयाे । त्यही प्रकरणमा पक्राउ परेका ओमबहादुर शाहीले भने प्रहरी बयानमा यस घटनामा आफू संलग्न नरहेको दाबी गरेका छन् ।  अर्का अभियुक्तद्वय बूढा र कठायतले भने शाहीले पैसा दिएर बिष हाल्न लगाएको बयान दिएको प्रहरी प्रमुख रञ्जितकारले बताउनुभयाे ।

अनुसन्धानको क्रममा मृतक कुलालका सबै परिवारलाई मार्ने उदेश्यले यस्तो योजना बनाएको खुल्न आएको प्रहरीको भनाइ छ । के कारणले यस्तो घटना भएको हो ? भन्ने विषयमा १५ दिनको म्याद थप गरी ज्यान सम्बन्धी कसुरको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…