लिपुलेक हिडेका युवाहरु दुम्लिङबाट पक्राउ

लोकेन्द्रप्रसाद जोशी
दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकमा नेपालको झण्डा गाड्न हिडेका दार्चुलाको लेकम गाउँपालिका-१ का ७ जना युवाबीच बाटोबाटै फर्किएका छन् ।

व्याँस गाउँपालिका—२ दुम्लीङ पुग्दा स्थानीय सौँका समुदायले अवरोध गरेपछि उनीहरुकै सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिई खलंगा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायक उपरीक्षक (डिएसपी) पदमबहादुर बिष्टले जानकारी दिनुभयो ।

लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्याँसबासीले अवरोध गर्ने बुझिएको र देशभरी लकडाउनको अवस्थामा कोरोनाको जोखिम समेत हुन सक्ने भएकोले सातै जना युवालाई दुम्लीङबाट पक्राउ गरिएको डिएसपी बिष्टले बताउनुभयो । पक्राउ पर्नेहरुमा लेकम गाउँपालिका १ सर्मोलीका जनक साउँद, अनिल साउँद, दिपक बिष्ट, सुरेन्द्र बिष्ट, गणेश बिष्ट, जीवन बिष्ट र मदन बिष्ट रहेका छन् । पक्राउ परेका सातै जनालाई अहिले सदरमुकाम खलंगा ल्याउन लागिएको डिएसपी बिष्टले बताउनुभयो ।

विभिन्न गाउँ हुँदै सीमा क्षेत्रमा जान लागेकाले कोरोनाको जोखिम हुन सक्ने स्थानीयले गुनासो गरेका थिए । साथै व्याँसी सौँका समुदायले कुञ्चा सर्न लागेकोले आफूहरुलाई समस्या हुने अवस्था आए जे पनि हुनसक्ने आसयका कुराहरु बाहिर आएपछि उनीहरुकै जीवन रक्षाका लागि प्रहरीले पक्राउ गरी खलंगा ल्याउन लागेको जनाइएको छ ।

भारतीय पक्षकै अनुमतिमा भारतको बाटो प्रयोग गरेर सौँका समुदाय गाउँ फर्किरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…