छोराको उपचार गर्न आएका व्यक्तिको १ लाख ठग्ने पक्राउ

काठमाडौं । छोराको उपचार गर्न आएका व्यक्तिको एक लाख ठगी गर्ने एकजना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका–४ घर भएका ३९ वर्षीय जयबहादुर घले बुधबार साँझ पक्राउ परेका हुन् ।

उनले अस्पतालमा छोराको उपचार गर्न आएका सोलुखुम्बु माता दुधकोशी गाउँपालिकाका एक व्यक्तिलाई नगद ठगी गरेको प्रहरीले जनाएको छ । घलेले जेठ २ गते बिहान ती व्यक्तिलाई पूर्व चिनजान रहेकाे भन्दै छाेराकाे उपचारमा सघाउने विश्वास दिलाए । बैंकबाट पैसा झिकेर दिन्छु भन्दै घलेले ती व्यक्तिलाई स्कुटरमा राखेर विभिन्न बैंक पनि घुमाए र अन्तिममा ती व्यक्तिसँग भएको १ लाख लिएर फरार भएको प्रहरीले जानकारी दिए।

घलेको कोठाबाट प्रहरीले नगद ५३ हजार रुपैयाँ र घटनामा प्रयोग भएको स्कुटर बरामद गरेको छ । घले उपर ठगी सम्बन्धी मुद्धामा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…