चेल्सीले ओलिवियर जिरुडको अनुबन्धन सम्झौता एक वर्ष थप

काठमाडाैं । चेल्सीले ओलिवियर जिरुडको अनुबन्धन सम्झौता थप एक वर्षको लागि बढाएको छ ।

फ्रान्सेली जिरुडको क्लबसँगको सम्झौता यो सिजनसँगै सक्किदै थियो । तर चेल्सीले उनको प्रदर्शन र युवा खेलाडीमा उनको प्रभाव राम्रो रहेको भन्दै थप एक वर्षका लागि अनुबन्धन बढाएको हो ।

चेल्सीका प्रशिक्षक फ्राङ्क लम्पार्डले यसअघि पनि क्लब व्यवस्थपानसँग जिरुड र विलियनको अनुबन्धन अवधि बढाएर क्लबमै राख्नुपर्ने सुझाव दिएका थिए ।

कोरोना भाईरस महामारीका कारण यो सिजन रोक्किएको थियो जसका कारण जुनमा प्राय खेलाडीहरुको अनुबन्धन अवधि सक्किदै थियो । तर जुनभन्दा पर धकेलिने भएपछि केही खेलाडीहरुको अनुबन्धन क्लबहरुले छोटो समयका लागि मात्र बढाउन सक्ने अनुमान गरिएको थियो । तर चेल्सीले जिरुडलाई अर्काै एक वर्ष क्लबमै राख्ने भएपछि उनको ईन्टर जाने हल्ला कम्तिमा एक वर्षको निम्ति थामिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।