जनतासमाचारकाे प्रभावः २७ मुसहर परिवारले पाए राहत

विद्यानन्द राम
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी रामपुरका मृतक मलरा सदाको परिवारसहित बस्तीका २७ श्रमिक दलित परिवारलाई राहत प्रदान गरिएको छ ।

बुधबार ‘जनतासमाचार डट्कम’ बाट ‘मुसहरको पीडा : पति खान नपाएरै बित्नु भो, किरिया कसरी गर्ने ?’ शीर्षकमा समाचार बाहिरिएपछि बिहीबार उनीहरुलाई राहत प्रदान गरिएको हो ।

दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८ तथा कृष्णा विद्युत हार्डवेयरका सञ्चालक शालिग्राम गुप्ताले राहत स्वरुप ती बस्तीका दलित समुदायलाई खाद्यान्न प्रदान गरेका छन् ।

लामो समयको बन्दाबन्दीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले घर बाहिर निस्किन नपाउँदा खाद्यान्न अभाव भई दैनिकी कष्टकर भएको तथा खान नपाएरै मलराको मृत्यु भएको पाइएकाले बस्तीका २७ परिवारलाई राहत उपलब्ध गराएको मञ्चका कार्यकारी निर्देशक एवं अनुसन्धानकर्ता भोला प्रसाद पासवानले जानकारी दिनुभयो ।

मञ्चका सप्तरी संयोजक राजकुमार पासवानका अनुसार प्रतिपरिवारलाई २५ किलो चामल, २ किलो दाल, ढेड लिटर तेल र ४ वटा साबुन प्रदान गरिएको छ । मलराको मंंगलबार बिहान मृत्यु भएको थियो ।

याे पनि पढ्नुहाेस् :

मुसहरको पीडा : खान नपाएरै पति बित्नु भो, किरिया कसरी गर्ने ?

 

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।