डिएसपीको नक्कली परिचयपत्र बनाएर पैसा असुल्दै हिड्ने स्कुटरसहित पक्राउ

काठमाडौं । ‘सरकारी जागिर लगाइदिन्छु’ भन्दै पैसा उसुल्दै हिड्ने तारकेश्वर नगरपालिका वडा नम्बर ३ बालाजुका राजकुमार चापागाईं पक्राउ परेका छन् । ४५ वर्षीय चापागाईंलाई प्रहरीले बा ९० प ९५५५ नम्बरको स्कुटरसहित बिहीबार पक्राउ गरेको हो ।

उनको साथबाट १ लाख २० हजार रुपैयाँ ,मोबाइल १ थान, सिमकार्ड ३ थान, विभिन्न व्यक्तिको पासपोर्ट बरामद गरिएको प्रहरीले जनाएको उनलाई सरकारी जागिर लगाइदिन्छु भन्दै एक व्यक्तिसँग १ लाख २० हजार रुपैयाँ लिदै गरेकोअवस्थामा पेप्सीकोलाबाट पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार चापागाईंले स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुलेको पाइएको छ । चापागाईले सशस्त्र प्रहरी नायव उपरीक्षक( डिएसपी) र खरिदार पदको नक्कली परिचय पत्र समेत बनाएर ठगी गरेको समेत भेटिएको छ । उनले रामबहादुर थापा नामको नक्कली डिएसपी परिचयपत्र बनाएका हुन् ।

चापागाईंले आफूल विभिन्न उच्चपदस्थ अधिकारी भएको भन्दै कारागार तथा जिल्ला प्रशासन कार्यालयमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको, प्रहरीको उच्च अधिकृत हुँ भनी विभिन्न व्यक्तिलाई धम्क्याउने गरेको समेत खुलेको छ ।

चापागाईल खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी महिलालाई जागिर लगाई दिन्छु भनी पटक पटक गरी २ लाख रुपैयाँ लिएको, आर्मी स्कुलमा बच्चा भर्ना गराई दिन्छु भनी प्रलोभन देखाउने, विभिन्न व्यक्तिसँग सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै पैसा असुलेको समेत भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…