भारतमा आँधीले ७२ जनाको मृत्यु, विमानस्थल भत्कियो

काठमाडौं । भारतको पश्चिम बंगालमा अम्पुन आँधीले ७२ जनाको मृत्यु भएको छ । आँधीको कारण कोलकत्ता एयरपोर्ट जलमग्न भएको छ । आँधीले ५ हजार भन्दा बढी घर भत्काएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अम्पुन आँधीका कारण करोडाैंको क्षति भएको बताएकी छन् । आफ्नो जीवनकालमा यस्तो कहालीलाग्दो आँधी कहिल्यै नदेखेको मुख्यमन्त्री बेनरजीको भनाई छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीवट गरेर बंगालमा आँधीबाट जीवन गुमाउनेहरुप्रति श्रदाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

बंगालको खाडीबाट आएको अम्पुन आँधी कोलकत्ता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ । ऑधीका कारण  आसाम, मेघालयमा समेत असर गरेको छ । आँधीले कोलकत्ता विमानस्थलको छत खसेको छ । विमानस्थलमा भरिएकाे पानी निकाल्ने प्रयास भइरहेको पश्चिम बंगाल सरकारले जनाएको छ । आँधीले ओडिसाको ९ जिल्ला प्रभावित भएको छ ।

पश्चिम बंगालको तटीय जिल्ला मिदनापुर, २४ दक्षिण तथा उत्तरी परगनाका साथै हावडा, हुगली, पश्चिमी मिदनापुर तथा कोलकातामा आँधीले क्षति पुर्याएको छ । ऑधीका कारण बंगलादेशमा पनि मानीवय र भौतिक क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।