कोरोनाले विश्व अर्थतन्त्र ५ प्रतिशतले ओरालो लाग्ने

काठमाडौं । कोरोना भाइरस महामारीको कारण विश्वको अर्थतन्त्र ५ प्रतिशतले ओरालो लाग्ने स्थिति देखिएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विश्वको अर्थतन्त्र ५ प्रतिशतले ओरालो लाग्न सक्ने बताएका छन् ।

विश्वभर करिब ६ करोड मानिस चरम गरिबीमा पर्ने विश्व बैंकको प्रक्षेपण छ । केही वर्ष यता हासिल भएका उपलब्धि पनि कोरोना र लकडाउनको कारण गुम्ने लागेको बताएका छन् ।

अध्यक्ष मालपासले कोभिड–१९ बाट प्रभावित १ सय देशका ७० प्रतिशत नागरिक लाभान्वित हुने गरी १ सय ६० अर्ब डलर उपलब्ध गराइरहेको जानकारी दिएका छन् ।

आकस्मिक सहायता अन्र्तगतका देशमा कम ब्याजदरमा थप अनुदान तथा ऋण सहयोग गर्ने पनि बताए । विश्व बैंकले ‘आइडिए’ देशका रूपमा सूचित गरेका देशहरुले तत्काल यसको फाइदा उठाउन सक्ने मालपासले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…