पूर्वमन्त्री आलमको घरमा छापा, १२ राउण्ड हवाईफायर

रौतहट । राजपुर बम काण्डका दोषी एवं पूर्वमन्त्री आफताव आलमको घरमा प्रहरीले छापा मारेको छ । रौतहटस्थित पूर्वमन्त्री आलमको घरमा प्रहरीले बिहीबार राति खानतलासी गरेको हो ।

बमकाण्डका फरार अभियुक्त पूर्वमन्त्री आलमका भाइ महताब आलमलाई पक्राउ गर्न प्रहरीले आलमको घरमा छापा मारेको थियो तर आलमलाई प्रहरीले घरमा भेटेनन् ।

आलमलाई पक्राउ गर्न गएका प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । ठूलो संख्यामा जम्मा भएका स्थानीयले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिनुभयो ।

राजपुर बमकाण्डका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् । उनीहरुको खोजी कार्य तिव्र पारिएको एसपी खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…