सैन्य स्रोतका अनुसार बाटो निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका निम्ति आवश्यक फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली थप तैनाथ गर्ने तयारी छ । दार्चुला सदरमुकामबाट व्याँस गाउँपालिका-१ पुग्ने बाटो नहुँदा बिहीबार मात्रै १ सय ७५ परिवार व्याँसीसौका समुदाय भारतीय बाटोको प्रयोग गरेर गाउँ फर्किएका छन् ।
लोकेन्द्रप्रसाद जोशीदार्चुला । दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया शुरु गरेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाउन लागेको हो ।
अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि १ सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने सरकारको तयारी छ । भवन निर्माणका लागि गत वर्ष नै सशस्त्रले १५ रोपनी जग्गा प्राप्त गरिसकेको छ ।
सडक नहुँदा यो क्षेत्रसम्म पुग्नका लागि समस्या छ । नेपाली सेनाको फौज सडकको ट्रर्याक खोल्नका लागी घाँटीबगर क्षेत्रमा बिहीबार पुगेको छ । सेनाले तिकंर जोड्ने घोरेटो बाटो र सडकको निर्माण गर्ने तयारी शुरु गरेपछि स्थानीय खुशी भएका छन् ।
व्याँसका स्थानीयसमेत रहेका प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस् राखेर व्याँस गाउँपालिका—१ छाङरु र तिकंरबासीको वर्षौदेखिको सडक सपना पूरा गर्ने उद्देश्यले सेनामार्फत सडक निर्माणको काम शुरु गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभएको छ । अझै त्यस क्षेत्रमा खाद्यान्नको सहज आपूर्ति, सीमा प्रशासन, भन्सार, भेटेनरी कार्यालयको स्थापना गर्नु जरुरी रहेकोलेसरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
दार्चुला-तिकंर सडक निर्माणको काम शुरु गर्दै नेपाली सेनादार्चुलाको घाँटीबगरमा बिहीबार नेपाली सेनाको सेक्सन प्लस फौज पुगेसँगै व्याँस गाउँपालिका—१ छाङरु र तिंकर जोड्ने घोरेटो बाटो र सडक निर्माणको तयारी भइरहेको छ । महाकाली करिडोर अन्तर्गत दार्चुला तिंकर सडकको घाँटीबगरदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्ड निर्माण गर्ने योजनाअनुसार सेना त्यहाँ पुगेको हो ।
बैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले उक्त सडकखण्ड निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेअनुसार दार्चुलाको व्यास गाउँपालिका—२ को घाँटीबगरदेखि तिंकरसम्मको सडक र तत्काल २ मिटर चौडाइको ४ सय ५० मिटर घोरेटो बाटो सेनाले बनाउने भएको छ ।
बाटो बनाउने दूरी छोटो भएपनि जटिल भूगोल भएकाले सेनाले काम गर्न लागेको हो । निर्माण कार्यका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको सामान लिएर सेनाको हेलिकोप्टर घाँटीबगर पुगेसँगै वर्षौदेखिको सडक सपना पूरा हुने भन्दै व्याँसबासी हर्षित भएका छन् ।
सैन्य स्रोतका अनुसार बाटो निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका निम्ति आवश्यक फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली थप तैनाथ गर्ने तयारी छ । दार्चुला सदरमुकामबाट व्याँस गाउँपालिका—१ पुग्ने बाटो नहुँदा बिहीबार मात्रै १ सय ७५ परिवार व्याँसीसौका समुदाय भारतीय बाटोको प्रयोग गरेर गाउँ फर्किएका छन् ।
व्याँस गाउँपालिका—२ को मौराभिटादेखि विभिन्न ठाउँमा ठूलो चट्टान र घाँटीबगरमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएपछि नेपाल सरकारले बजेट बिनियोजन गरेर तत्काल घोरेटो बाटो र सडक निर्माण गर्ने निर्णय गरेअनुसार सेनाले काम थालेको हो । सडकखण्ड सञ्चालन भएपछि मात्रै स्थानीयहरू नेपालकै भूमि प्रयोग गरी गाउँबाट सहजै सदरमुकाम आवतजावत गर्न पाउनेछन् ।