अनुदानमा धानको बिउ बाँढ्दै नगरपालिका

बर्दिया । बाँसगढी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई धानको बिउ वितरण गर्न शुरु गरेको छ । नगरपालिकाले बिउ राख्ने समयमा किसानलाई उन्नत जातको धानको बिउ वितरण गरेको हो ।

सामाजिक दूरी कायम गरी वडा नम्बर ७ बाट बिउ वितरण शुरु गरिएको कृषि शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिनुभयो । बाँसगढी नगरपालिकाको वडा नम्बर १ र ९ मा भने स्थानीय कृषि सहकारी संस्था तथा कृषक समूहमार्फत वितरण गरिनेछ ।

शाखाको आर्थिक वर्ष २०७६/७७ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार १२७ क्विन्टल बिउ वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ । बर्दियामा ६० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।