हिँडेरै साँगा पुगेका भारतीय मजदुर फर्काइए

काठमाडौं । घर फर्किन भनि हिँडेर साँगासम्म पुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजदुरलाई प्रहरीले फर्काएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट शुक्रबार बिहान ४ बजे लुकीछिपी हिँडेर आइपुगेका १४५ भारतीय मजदुरलाई प्रहरीले भक्तपुरतर्फ फर्काएको हो ।

भारतको विहारबाट आएर भक्तपुरको कुमारी इँटा उद्योग र चाँगुनारायण इँटा उद्योगमा काम गर्दै आएका मजदुर बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै हिँडेरै जान लागेको अवस्थामा नियन्त्रणमा लिएको सीमानाकामा सुरक्षार्थ खटिनुभएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार बिपी राजमार्ग हुँदै हिँडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएर इँटा भट्टा सञ्चालकसँग सम्पर्क गरी गाडी मगाएर सोही ठाउँमा फर्काएको हो । बन्दाबन्दीका कारण काम नभएर बसिरहनुपरेको र साहुले एक व्यक्ति बराबर हप्ताको ६०० प्रदान गरेको रकमले छाक टार्न समस्या भएको र घरबाट पनि फोन आइरहेका कारण हिँडेरै जान भनेर निस्केको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…