३० घण्टापछि उठ्यो कोरोनाबाट मृत्यु हुने पुरूषको शव

विकाश पराजुली ।
बुटवल। गुल्मीका कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको शव ३० घण्टापछि उठेको छ । मदाने गाउपालिका–६ पुर्कोटदहका ४१ वर्षीय कोरोना संक्रमित व्यक्तिको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको थियो । उनका आफन्तजनले उपचारमा लापरबाही भएको भन्दै उपचारमा संलग्नमाथि छानबिन हुनुपर्ने र आफूहरुले न्याय पाउनुपर्ने भन्दै शव उठेएका थिएनन् ।

अमज जिल्ला प्रशासनमा भएको बैठकले शव व्यवस्थापन गर्ने निर्णय गरेपछि शव उठाइएको हो । परिवारका सदस्यले शव उठाउन अनुमति नदिएपनि शव उठाइएको हो । नेपाल आर्मी, प्रहरीसहितको टोलि क्रिमशन अस्पतालमा शव व्यवस्थापनका लागि पुगेका थिए । शवलाई पूर्व पश्चिम राजमार्गको दक्षिणतर्फ तिलोत्तमास्थित भलुहि जंगलमा व्यवस्थापन गरिएको छ ।

शुरुमा बुटवल र तिलोत्तमाको सीमा क्षेत्रमा रहेको मगर घाटमा शव व्यवस्थापन गर्ने भनिएपनि स्थानीयले विरोध गरेका थिए । त्यसपछि अमुवा खोला किनारमा शव व्यवस्थापन गर्ने भनिएपनि त्यहाँ पनि विरोध भएपछि भलुहि जंगलमा शव व्यवस्थापन गरिएको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँले सरकारले जारी गरेको शव व्यवस्थापन कार्यविधि अनुसार गरिएको बताउनुभयो ।

मृतक पुरूष गत जेठ १ गते अस्पतालमा भर्ना भएकोमा २ गते आइसियुमा भेन्टिलेरको सहायताले उपचार भएको थियो । स्वास्थ्य जटिल भएपछि जेठ ५ गते उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…