१४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

रुपक कुलाल
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका सुरक्षाकर्मीमै संक्रमण बढ्न थालेपछि उच्च सुरक्षा सतर्कता अपनाउन थालिएको छ ।

महानगरीय प्रहरी प्रमुख श्यामप्रसाद ज्ञवालीले कोरोना संक्रमित बढेसँगै सुरक्षाकर्मी प्रबन्धबारे ध्यान दिइएको बताउनु भयो । ‘सुरक्षाकर्मी ब्यारेकमा सामूहिक बस्छन्’ उहाँले भन्नुभयो’, ‘त्यसकारण बिशेष सावधानी नअपनाउने हो भने एउटालाई लागेपछि बारेकमा अरुलाई पनि सर्ने सर्ने खतरा हुन्छ ।’

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र मृतकको संख्या नेपालमा पनि दिनप्रतिदिन बढिरहेको छ । संक्रमण थप नफैलियोस् भनेर सरकारले लकडाउन जारी गरेको दुई महिना बितिसक्यो । लकडाउनलाई सफल पार्न चौबिसै घण्टा सुरक्षाकर्मीहरु अग्रभागमा खटिएका छन् । सुरक्षा पहरा दिन अग्रभागमा खटिएका सुरक्षाकर्मी नै यतिबेला उच्च जोखिममा छन् ।

तथ्यांक अनुसार हालसम्म नेपाल प्रहरीका ७, सशस्त्र प्रहरी बलका ४, नेपाली सेनाका २ र राष्ट्रिय अनुसन्धान विभागका १ जना गरी १४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षाकर्मी ब्यारेकमा सामूहिक बस्छन् । एउटालाई लाग्यो भने सबैलाई सर्ने खतरा हुन्छ  ।

संक्रमण बढ्दै जाँदा सबै सुरक्षा निकायले कार्यक्षेत्रमा खटिँदा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । सुरक्षाकर्मीले ब्यारेक सिस्टममा बस्ने सुरक्षा प्रबन्धबारे ध्यान दिएर कार्यक्षेत्रमा खटिनुपर्ने विज्ञको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…