खलंगाबाट ३१९ नेपालीको उद्धार

लोकेन्द्र प्रसाद जोशी
दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित पुलघाटबाट १४ जिल्लाका ३ सय १९ नेपालीको उद्धार गरिएको छ । लकडाउनका कारण भारतमा अलपत्र परेका नेपाली नागरिकलाई दार्चुला र भारतको पिथौरागढ जिल्लाको समन्वयमा उद्धार गरिएको हो ।

भारतमा लकडाउन खुकुलो भएपछि समस्यामा परेका नेपाली नागरिक सीमामा आएर रोकिएका थिए । उनीहरुलाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङक अनुसार दार्चुलाका १ सय २२, बैतडीका ३९, बझाङका १४, कैलालीका ३, कञ्चनपुरका ६, जुम्लाका २१, अछामका ५, सुर्खेतका ५५, दैलेकका २८, डोटीका ७, रुकुमका ३, बाकेका ९, रामेछापक ६ र हुम्लाका १ जनाको उद्धार गरिएको छ ।

भारतका विभिन्न सहरबाट हिँडेर सीमामा पुगेका नेपाली मजदुरहरु महाकाली नदी तरेर दार्चुला भित्रिने क्रम नरोकिएपछि गाउँघरमा कोरोनाको त्रास बढ्दै गएको छ । भारतबाट अवैध रुपमा महाकाली तरेर दैनिक नेपाली दार्चुला भित्रिरहेका छन् । जिल्लामा लकडाउन खुकुलो भएकाले कोरोना संक्रमणको उच्च जोखिम छ । सीमाबाट नेपालीको उद्धार गर्ने बेलामा पनि सामाजिक दूरी कायम नगरिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…