तपाईको यो साता (जेठ ११ देखि १७ सम्मको राशिफल)

मेष– दाजुभाइबाट राम्रै सहयोग मिल्नेछ । जोश जाँगर मिल्नाले नयाँ काममा प्रगति हुनेछ । नयाँ योजनाको थालनी हुने तथा साथीभाइसँग मित्रता हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती हुने, मानसिक चिन्ता बढ्ने एवं पारीवारिक कुराले काममा बाधा आउनेछ । पुरानो कारोबारबाट भने आम्दानी मिल्ने एवं सन्तानबाट खुशी बढ्नेछ । राजनीतिक मोह जाग्ने एवं पदको लालसाले चिन्ता बढाउनेछ ।

वृष – बोली वचनको सहयताले काममा प्रगति हुनेछ । अरुबाट धन प्राप्ति हुने एवं मिष्ठान्न भोजनको सुख पाइनेछ । आफन्तबाट सहयोग एवं पारिवारिक सल्लाह हुनेछ । साताको मध्यमा भने छोेटो यात्रा हुने एवं दाजुभाइ तथा मित्रबाट राम्रो सहयोग मिल्नेछ । काममा प्रशंसा मिल्ने एव पदवृद्धिको योग बन्नेछ । नयाँ ठाउँमा लगानीको वातावरण मिल्नेछ । साताको अन्त्यमा भने घरायसी विवाद एवं धनसम्पत्तिमा झमेला पर्नेछ । विश्वास पात्रबाट धोका हुन सक्नेछ ।

मिथुन – पारिवारिक काममा खर्च हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं व्यक्तिगतँ काममा खर्च बढ्नेछ । व्यवसायमा तनाव हुनेछ । पारिवारिक कुरामा भने विवाद आउने, प्रेम सम्बन्धमा चिसोपना आउनेछ । राजनीतिक पक्ष कमजोर तर धार्मिक र सामाजिक काममा भने समय व्यतित हुनेछ । साताको अन्त्यमा भने दाजुभाइको सहयोग मिल्ने एवं छोटो यात्राको तय हुनेछ ।

कर्कट – शुरुमा अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या एवं आफन्त बैरी बन्नेछन् । साताको मध्यमा भने रमाइलोमा खर्च हुने एवं पारिवारिक भेटघाट बढ्नेछ । सामान्य चोटपटकको भय एवं बोलीको कारणले वैरभाव उत्पन्न हुन सक्नेछ । विद्याध्ययनमा कमजोर योग पर्ने एवं जीवन साथीको स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने काममा लाभ मिल्ने एवं आफन्तको सहयोग पाइनेछ ।

सिंह – लगानीमा सामान्य आम्दानी मिल्नेछ । कृषि एवं पशु चौपायाबाट फाइदा हुनेछ । महिलावर्गको सहयोगले काममा प्रगति हुनेछ । साताको मध्यमा भने यात्रामा खर्च हुने, सरसामान हराउन सक्ने एवं मानसिक तनाव बढ्नेछ । वैवाहिक प्रसंग चल्ने एवं प्रेममा भने खुशीयाली बढ्नेछ । सन्तानको चिन्ता बढ्ने एवं स्वास्थ्यमा समस्या आउन सक्नेछ । साताको अन्त्यमा भने अधुरा काम पूरा हुने एवं काममा जिम्मवारीकोे योग बन्नेछ ।

कन्या– राजनीतिमा पहुँच मिल्नेछ । आफ्नो जिम्मेवारीको काममा प्रशंसा एवं कार्यभार थपिनेछ । आम्दानीको बाटो भेटिनेछ । तरल पदार्थ, खाद्य व्यवसाय एवम कृषि क्षेत्रबाट आम्दानी हुनेछ । घरायसी विवाद भने बढ्ने एवं मित्रसँग सामान्य भनाभन पर्न सक्नेछ । अध्ययनमा भने सफलता मिल्ने एवं खर्च भने बढी हुनेछ । यात्रामा महत्वपूर्ण सामान क्षति हुन सक्नेछ ।

तुला– धार्मिक रुचि एवं आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ । परोपकार एवं सामाजिक कार्यमा खर्च बढ्नेछ । अधुरा काम पूरा हुने एवं विदेशबाट राम्रो खबर मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने, ठूलाबडाले साथ दिने एवं धनसम्पत्तिको कारोबारमा वृद्धि हुनेछ । घरका सदस्यमा स्वास्थ्य समस्या हुने एवं मित्रबाट असहयोग मिल्नेछ । विद्याध्ययनमा भने राम्रै सफलता मिल्नेछ ।

वृश्चिक– स्वास्थ्यमा समस्या आउनेछ । अनावश्यक विवाद बढ्ने एवं काममा आलोचना हुनेछ । साताको मध्यमा भने आफन्तको सुख मिल्ने एवं अधुरा काम पूरा हुनेछन् । सामाजिक एवं परोपकारमा समय व्यतित हुनेछ । बोली बचनको कारणले दुश्मनी पैदा हुन सक्नेछ । धनसम्पत्ति हराउन सक्ने एवं दाजुभाइसँगको सम्बन्धमा सामान्य उत्तार चढाव आउन सक्नेछ । पारिवारिक मिलेमतोमा घरायसी काममा भने प्रगति देखिन्छ ।

धनु– पारिवारिक सुख मिल्ने एवं प्रेमप्रसंगमा सुधार आउनेछ । पारिवारिक भेटघाट हुने एवं साझेदारी काममा सहयोग राम्रो मिल्नेछ । मित्रजनवाट आर्थिक सहयोग मिल्ने एवं काम छिटो पूरा हुनेछ । साताको मध्यमा भने काममा रोकावट आउने स्वास्थ्यले समस्या दिने एव अनावश्यक रुपमा बखेडा आउनेछ । साताको अन्त्यमा भने वैदेशिक पक्षबाट फाइदा मिल्ने एवं भाग्यले साथ दिनार्ले काम बन्नेछ ।

मकर – स्वास्थ्यमा राम्रो प्रगति हुनेछ । पुरानो काममा प्रगति एवं घरायसीे काममा प्रगति मिल्नेछ । मुद्दा मामिला एवं विरोधी पक्ष पर लाग्नेछन् । पारिवारिक रमाइलो हुने एवं भोजनको सुख मिल्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवं यात्रामा अनावश्यक झमेला आउनेछ । धनसम्पत्तिको कारोबार भने सामान्य बढ्ने एवं व्यवसायमा अवरोध मिल्नेछ ।

कुुम्भ– कृषि तथा पशु चौपायाबाट धन प्राप्ति हुनेछ । साताको मध्यमा भने स्थान परिवर्तनको योग बन्नेछ । साथीभाइबाट सहयोग एवं आर्थिक रुपमा फाइदा हनेछ । व्यक्तिगत काममा भने तनाव बढ्ने एवं सामान्य खर्च हुनेछ । प्रेममा विवाद आउन सक्ने तथा घरायसी कुरामा सर सल्लाहमा तनाव आउनेछ ।

मीन – चिसोले असर गर्नेछ । घरायसी काममा विवाद आउने एवं महिला वर्गसँग दुश्मनी बढ्नेछ । अध्ययनमा भने मन जाने एवं आम्दानीको पाटो बढ्नेछ । सन्तानबाट राम्रो सहयोग मिल्ने एवं कला, संगीत क्षेत्रमा जस मिल्नेछ । स्वास्थ्य एवं नयाँ काममा खर्च हुनेछ । यात्रामा सामान्य कष्ट एवं झमेला मिल्ने तथा अनावश्यक खर्च बढ्नेछ । साताको अन्त्यमा भने अचानक जिम्मेवारी थपिर्ने तथा स्थान परिवर्तनको योग रहेको छ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

तनहुँ । अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोले जीवन गुमाउनेको संख्या ६ जना पुगेको छ । पहिराले घर…

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले…

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ…

काठमाडौं । जनता टेलिभिजन आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४  साल असार…

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ…

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…