Logo मंसिर १४, २०७७ आइतबार


विमान दुर्घटना अपडेट: बस्तीमै खस्यो जहाज

काठमाडाैं । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए ३२० एयरबस आज कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको छ ।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान ९९ यात्रु र आठ जना चालक दलका सदस्य बोकेर लाहोरबाट आएको र कराँची विमानस्थल नजिकै मानवबस्ती रहेको स्थानमा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विमान दुर्घटनापछि धुँवाको मुस्लो देखिएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा राखिएका छन् ।

प्रारम्भिक जानकारी अनुसार विमानमा ९९ यात्रु र आठ जना चालक दलका सदस्य रहेको वायुसेवाका प्रवक्ता अब्दुल सत्तारले बताएका हुन् । कोरोना भाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो । दुर्घटना मानव बस्तीमा भएकाले घरहरू नष्ट भएको बताइएपनि जनधनको क्षतिबारेमा बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…