पूर्व राज्यमन्त्री चौधरीको निधन

काठमाडौं । पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता दूर्योधनसिंह थारु चौधरीको निधन भएको छ ।  पूर्व राज्यमन्त्री चौधरीको ७० वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

कांग्रेस नेता चौधरीको वुटवलस्थित गौतम वुद्ध सामुदायिक मुट अस्पतालमा उपचारका क्रममा निधन भएको हो। चौधरी २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रुपन्देहीबाट संसदमा ३ कार्यकाल प्रतिनिधित्व गर्नुभएका चौधरी स्थानीय विकास राज्यमन्त्री, आपूर्ति सहायक मन्त्री र महिला तथा सामाजकल्याण सहायक मन्त्री समेत हुनुभएको थियो ।

चौधरीले २०२८ सालमा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नु भएको थियो । उहाँको दुई पत्नी, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राज्यमन्त्री चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । ‘नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन सिंह थारु चौधरीको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ’ सभापति देउवाले शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ, ‘स्वर्गीय चौधरीले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…